
Monday, June 11, 2007
मलाइ सहयोग गर्नुहोस्
हड्डीको मासी (Bone Marrow) चाहियो …
हाम्री साढे दुई वर्षकी छोरी सभ्याता लिम्बु गम्भिर प्रतिरक्षाको अभाव (Severe Immunity Deficiency) बाट पीडित भई क्वीन मेरी अस्पतालमा उपचाररत रहेको र उनको जीवन रक्षाको लागि हड्डीको मासी प्रत्यारोपन गर्न वाहेक अर्को विकल्प नभएकोले, मासी दान गरेर उनको जीवन रक्षा गरिदिनहुन सम्पूर्ण दाजूभाई तथा दिदीवहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं।
हड्डीको मासी उपलव्ध गराउनु हुने दातालाई ८० हजार हङकङ डलर पुरस्कारको व्यवस्था गरिएको छ।
पार्थी:
शसी लिम्बु (आमा) र भूमि लिम्बु (बाबु)सम्पर्क फोन: ९८०३ ४३०३
मासी दान गर्दा अपनाउनु पर्ने चिकित्सक विधिहरुः
दाताले शुरुमा (१०-२०) मीमी रगत परीक्षणको लागि दिनुपर्नेछ। दान गर्न उचित छ कि छैन भन्ने विषयमा फेरि पनि परीक्षण गरिनेछ। दाताले दान गर्नु अगावै उनको सहमतिको लागि फेरि सहमति लिइनेछ।
१. वन म्यारो (हडीको मासी) कसरी झिकिन्छ ?दातालाई दवाई दिएर घोप्टो पारेर सुताइन्छ। दुईजना डाक्टरहरुले सुइको सहायताले चाकको हाडबाट निकालिन्छ। यसको लागि ४५ मिनेटदेखि १ घण्टासम्म लाग्न सक्छ। विहोस गर्ने औषधिको प्रभावबाट केही घण्टामै मुक्त भइन्छ। उसले दई दिन जति आराम गर्नु पर्ने हुन्छ ।
२. यसले भविष्यमा दाताको स्वास्थ्यमा के असर गर्छ ?यो एकदम सुरक्षित छ। रक्तदान जस्तै हो । दातालाई अर्को दिन अस्पतालबाट विदा दिइन्छ। एक वा दुई दिनमा उ पूरा निको हुन्छ। मासी निकालिएको ठाउँमा ३-५ दिनसम्म अलिअलि पीडा हुन सक्छ। यसबाट छोटो अविधिमा पीडा भए पनि लामो अविधिमा स्वस्थ्यमा कुनै प्रतिकूल असर पार्दैन।
यो प्रकृया समाप्त भएपछि छिटो तङग्रिनको लागि दातालाई आइरन चक्की खान दिइन्छ, कसैकसैलाई पेन किलर पनि दिन सकिन्छ ।
विस्तृत जानकारीको लागि निम्न फोन नम्वरहरुमा सम्पर्क गर्नु होला-
शसी लिम्वु (आमा) र भूमी लिम्वु (वावु)सम्पर्क फोन: ९८०३ ४३०३
सहयोगीहरु:
हेजेन राईः ९५५३ ०९७४,
सुखवीरः ९६०९ २०७७ र
नोमराजः ६३४९ ९५६२

Subscribe to:
Post Comments (Atom)
1 comment:
malai ta yo news sunera ta sahrai dukha lagyo. Bichari sanibabulai ni yo k dasha lageko hola khoi kunni. he bhagawan timro lila ni aparampar chha....
Post a Comment