Friday, June 29, 2007

नेपालकै सबभन्दा अग्लो मान्छे विश्व भ्रमणमा

हाम्रो देश नेपाल विश्वको सबै भन्दा अग्लो टाकुरा सगरमाथाको देश भनेर चिनिन्छ, बहादुरहरुको देश भनेर चिनिन्छ, गौतम बुद्धको देश भनेर चिनिन्छ, विभिन्न प्राकृतिक सम्पदाहरुको धनी देश भनेर पनि चिनिन्छ। तिनै विभिन्न प्राकृतिकहरुको माझमा अर्को विश्वकै अग्लो मान्छेहरूमध्ये एक थपिएको छ राजन अधिकारी।
विश्व शान्तिको कामना तथा सन्देश बोकेर विश्व यात्रा शुरु गर्नुहुने बयरबन ७, मोरङमा जन्मन्नु भएका २९ वर्षीय ७ फिट ३ इन्च (२.२०९८) मिटर उचाई भएको राजन अधिकारी गत २ मे २००७ का दिन दश वर्षे विश्व भ्रमणमा निस्कन्नु भएको हो। उहाँको पहिलो चरणको भ्रमणमा १० वटा देश भ्रमण गर्ने रहेको छ। भारत, पाकिस्तान, बंगलादेश, थाईल्यण्ड, हुदै मलेसिया आईपुग्नु भएका राजन अधिकारी सिंगापुर, इण्डोनेसिया, ब्रुनाई, फिलिपिन्स, हुदै पुनः मलेसिया आएर नेपाल पकर्ने बताउनु हुन्छ।

No comments: